पल शाह प्रकारण: नाबालिकाले बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भनिन्-‘थ्याङ्क्यु गड’

काठमाडौं := पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकारणमा बयान फेरेपछि अभिन्त्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै अभिन्त्री पूजा खुसी देखिएकी हुन् ।

उनी यसअघि पलमाथि बलात्कारको आरोप लाग्दै उजुरी परेपछि पललाई फसाउन खोजिएको भन्दै उनको पक्षमा रहेकी थिइन् । आइतबार पलविरुद्धको बयान पीडित भनिएको पक्षबाट गरिपछि नायिका शर्माले घटनाबारे केही उल्लेख नगरी सामाजिक सञ्जालमा लेखेकी छन्, ‘थ्याङ्क्यु गड ।’

उता, पीडितको पक्षमा रहेकी अधिवक्ता मोहना अन्सारीले भने सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, पुरुषार्थ को विजय कसरी हुन्छ । आज साक्षी भइयो !