वैवाहिक बन्धनमा बाँधिए बलिउड स्टार आलिया–रणवीर।

एजेन्सी ( मुम्बई ):= अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपूर वैवाहिक बन्धनमा बाँधिएका छन् । अप्रिल १४ (विहीबार) आलिया र रणवीरले सात फेरे लिएका थिए । अप्रिल १३ (बुधबार) आलिया–रणवीरको मेहेन्दी सेरेमनी भएको थियो ।

आलिया र रणवीरको विवाहको सबै संस्कार ‘वास्तु’ मा पूरा भएको छ । अब यो जोडीको विवाहको तस्विरको मात्रै सार्वजनिक हुन बाँकी छ । सबै फ्यानहरु अभिनेत्री आलियालाई मिसेस कपूरको रुपमा हेर्न निकै उत्सुक छन् ।

आलिया र रणवीरको विवाहमा कपूर र भट्ट परिवार सहभागी भएका थिए । सामाजिक सञ्जालमा रणवीर कपूरकी बहिनी रिद्धिमा कपूर र आमा नीतु कपूरको तस्वीर सार्वजनिक भएको छ । नीतु कपूरको लुकको बारेमा कुरा गर्दा उनले बहुरंगी लेहेंगा लगाएकी छिन् भने रिद्धिमाले गोल्डेन कलरको पोशाक लगाएकी छिन् ।

त्यस्तै रणवीर कपूरकी कजिन करीना कपूर खान पनि श्रीमान् सैफ अली खानसँग विवाहमा सहभागी हुन पुगेकी थिइन् । यस क्रममा सैफ–करीनाको शाही शैली सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

आलिया र रणवीरको विवाहको संस्कार १३ अप्रिलमा सुरु भएको थियो । मेहन्दी समारोहमा पुगेका सेलिब्रेटीको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । आलिया र रणवीरको विवाहको मिति उनकी आमा नीतु कपूरले हिजो राति पुष्टि गरेकी थिइन् । फोटोग्राफरसँगको कुराकानीमा उनले आलियाको तारिफ गर्दै विवाहको पुष्टि भएको मिति बताए ।