[ प्रेम चौधरी ]
धनगढी:= थारु पत्रकार संघ कैलालीको साधारण सभा तथा चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दिनेश दहितको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
कार्यसमितिको उपाध्यक्षमा रतनलाल चौधरी, सचिवमा दिलबहादुर चौधरी, कोषाध्यक्षमा विवश चौधरी, सहसचिवमा अनिता चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा प्रेमलाल चौधरी, गीता चौधरी, नरेन्द्र चौधरी, मोतीराम चौधरी, राजु चौधरी, श्रीशा राना चयन भएका छन् ।
त्यसैगरी, थारु पत्रकार संघ नेपालको यहि चैत २५ र २६ गते नवलपुरको अमलटारीमा हुने पाँचौं राष्ट्रिय महाधिवेशन तथा १० औं साधारण सभाका लागि केन्द्रीय प्रतिनिधि छनौट गरिएको छ। केन्द्रीय प्रतिनिधिहरूमा प्रेम चौधरी, भीमबहादुर चौधरी, ईन्दु चौधरी, लखन चौधरी, अविनाश चौधरी, राम दहित, सागर कुश्मी, विदेश चौधरी छनौट भएका छन् ।

यसअघि थारु पत्रकार संघका केन्द्रीय उपाध्यक्ष उन्नती चौधरीले उद्घाटन गरेको कार्यक्रम जिल्ला अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पूर्व केन्द्रीय सल्लाहकार गणेश चौधरी थारु समुदायको मुद्दा उठानका लागि थारु पत्रकारहरूको अहम भूमिका रहेको बताए ।
कार्यक्रममा संघका जिल्ला निवर्तमान कोषाध्यक्ष भानुप्रताप राना, प्रेस चौतारीका प्रदेश सदस्य छपिलाल चौधरी, फोनिज जिल्ला अध्यक्ष राम दहितलगायतले शुभकामना व्यक्त गरेका थिए ।




















