पिएसजीकाे सानदार जितमा नेयमार, एम्बाप्पे र मेस्सीकाे गाेल।

एजेन्सी := फ्रेन्च फुटबल लिग लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले सानदार जित दर्ता गरेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले लोरिएन्टलाई ५-१ गोलले पराजित गरेको हो ।

पिएसजीलाई जित दिलाउन नेयमार र किलियन एम्बाप्पेले समान २-२ गोल गरे भने लियोनल मेस्सीले १ गोल गरे । लोरिएन्टका लागि टेरम मोफीले एक गोल फर्काएका थिए ।

जितसँगै पिएसजी ३० खेलबाट ६८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । पराजित लोरिएन्ट भने समान खेलबाट २८ अंकसहित १६औं स्थानमा रहेको छ ।