आज अप्रिल १ तारिखदेखि मलेसियाको अन्तर्राष्ट्रिय सिमा नाका,बोर्डर पुर्ण रुपमा खुल्यो।

क्वालालम्पुर (मलेसिया):= कोरोना भाइरस (कोभिड-१९) को माहामारीको कारण बिगत दुई बर्षदेखि बन्द रहेको मलेसियाको अन्तर्राष्ट्रिय बोर्डर,नाका स्वदेशी तथा विदेशी सम्पुर्ण नागरिकको लागि मलेसिया प्रवेश आजदेखि पुर्ण रुपमा खुल्ला गरिएको छ।

अन्तर्राष्ट्रिय नाकाहरु खुलेपछि मध्यरातमा घडी बज्दा, दर्जनौं मानिसहरू जोहोरको गेलाङ पाताहको सुल्तान अबु बकर कम्प्लेक्स (KSAB) र जोहर बारुको बांगुनान सुल्तान इस्कन्दर (BSI) दुबै भन्सार, अध्यागमन र क्वारेन्टाइन कम्प्लेक्स (CIQ) बाट बाहिर निस्किएको मलेसिया प्रवेश गरेकाहरुलाई स्थानीय नागरिकले स्वागत गरि आज अप्रिल १ तारिखदेखि बोर्डर,नाका  खुल्ला गरिएको जनाइएको छ।

यता आजदेखि अन्तर्राष्ट्रिय बोर्डर खुला भएसंगै क्वालालम्पुर सेपाङमा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएमा सबै भन्दा पहिलो उडान साउदी अरेबियाको फ्लाईट अवतरण गरेको जनाइएको छ।

जानकारी अनुसार आजमात्रै बिहान ०९:३० बजेदेखि केयलआईए विमानस्थलमा साउदीको जेद्दाबाट सहित; याङ्गुन; काठमाडौं नेपाल , ढाका बंगलादेश, मेलबोर्न, अष्ट्रेलिया, चेन्नई र हैदराबाद, भारत, लन्डन-हिथ्रो , जकार्ता इन्डोनेसिया, मस्कट ओमान , सिंगापुर र दोहा, कतारको गरि १७ वटा अन्तर्राष्ट्रिय विमानहरु स्वदेशी तथा विदेशी यात्रुसंगै अवतरण गर्ने जनाएको छ।