ग्लोबल आइएमई र ग्याँस बिक्रेताबीच सम्झौता।

काठमाडौं := ग्लोबल आइएमई बैंक र ग्याँस बिक्रेता महासंघबीच ग्याँस बिक्रेता तथा उपभोक्तालाई ग्याँस खरिद तथा बिक्री गर्दा क्युआरमार्फत् गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्बन्धी  सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र ग्याँस बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गर्नुभएको छ ।

ग्लोबल आइएमई बैंकले आफ्ना भुक्तानी साझेदारसँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्याँस बिक्रेता महासंघसँग समन्वय गरेको हो । महासंघ अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आबद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्याँस बिक्रेता लाभान्वित हुने बताउनुभयो ।