इसेवामार्फत् निःशुल्क रेमिट्यान्स पठाउन सकिने।

काठमाडौं:= आन्तरिक रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आएको रेमिट कम्पनी इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवामार्फत्  नेपालभरि निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ ।

इ-सेवा वालेटका प्राकृतिक प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत् आफन्त तथा इष्टमित्रलाई पठाएको आन्तरिक रेमिट्यान्स नेपालभरि रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्र तथा पाँच हजारभन्दा बढी इसेवाका एजेन्टमार्फत् तुरुन्तै पाउनुहुने व्यक्तिको हातसम्म पुग्नेछ ।

हालै नपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारमा प्रतिव्यक्ति प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्र कारोबार गर्न मिल्ने व्यवस्था गरेसँगै आन्तरिक डिजिटल रेमिट्यान्स कारोबारलाई प्रोत्साहन गर्न यस ‘शून्य शुल्कमा रेमिट्यान्स’ सेवाले निकै ठूलो टेवा पु¥याउने अपेक्षा गरिएको छ।

त्यस्तै तीनमहिने शून्य शुल्कमा रेमिट्यान्स सेवाका क्रममा इसेवाले तीन महिनासम्म हरेक महिना एकजना विजेतालाई एउटा रेडमी ९ आई स्मार्टफोन दिने योजनासमेत ल्याएको छ । त्यसका लागि इसेवा प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकनमा क्लिक गरी इसेवा मनी ट्रान्सफरमा गई तोकिएको विवरण पूरा गरी रेमिट्यान्स पठाउनुपर्नेछ ।