क्वालालम्पुर (मलेशिया):= मलेशियाको अध्यागमन विभाग (इमिग्रेशन) ले यहीँ मिति सन् २०२२ /०५ तारिख शनिबार जोहोर राज्यमा पर्ने सेनेई औद्योगिक क्षेत्र, कम्पनीभित्रै छापामारी गरि धरपकड गरेर नेपालीसंगै अवैधानिक विदेशी श्रमिकहरुलाई पक्राउ गरेको छ।
पक्राउ परेकाहरु वैध श्रम स्वीकृति बिना सो कम्पनीमा कार्यरत रहेकोले यसरी अवैधानिक विदेशी कामदारहरूलाई काममा लगाउने ती कम्पनीलाई समेत कडा कारवाही गरिने अध्यागमन बिभागले जनाएको छ।

अध्यागमन महानिर्देशक दातो श्री खैरुल जैमी बिन दाउदको नेतृत्वमा मलेसियाको जोहर राज्य अध्यागमन विभागको इन्फोर्समेन्ट डिभिजनका ५२ जना अधिकारीको टोलीले करिब एक महिनासम्म गुप्तचरको आधारमा कारखानामा छापा मार्ने अभियानलाई तीब्र पार्दै राति १०ः३० बजे ती अवैधानिकहरुलाई पक्राउ गरिएको जनाएको हो।

सो छापामारीको क्रममा जम्मा ती कम्पनीमा कार्यरत १ सय ८५ विदेशी कामदारको वैधानिक कागजात चेकजाँच गरिएको थियो। सोही चेकजाँचको क्रममा ३ जना म्यानमारका पुरुष, १६ जना नेपालीहरु , ६४ जना भारतीय र ३ जना बंगलादेशी गरि जम्मा ८६ जना अवैधानिक विदेशी श्रमिकलाई पक्राउ गरि नियन्त्रणमा लिएको छ । पक्राउ परेका ती सबै २० देखि ४० वर्ष उमेर समूहका रहेका छन्।

पक्राउ परेका ती सबै अवैधानिकहरुलाई थप कारबाहीका लागि सेतिया ट्रोपिका अध्यागमन कार्यालय, जोहर बाहरूमा हिरासतमा राखिएको जनाएको छ।





















