क्वालालम्पुर (मलेसिया):= मलेसियाको राजधानी क्वालालम्पुरमा पछिल्लो समय सादा पोसाकमा मलेसियन प्रहरी र मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) ले छापामारी,चेकजाँच गर्ने कार्यलाई तीव्रता दिइएको छ।
विशेष गरि नेपाल, बङ्गालादेश , इन्डोनेसिया लगायतको अन्तर्राष्ट्रिय देशको विदेशी कामदारको लागि रमणीय पर्यटकीय क्षेत्रको रुपमा परिचीत क्वालालम्पुर भित्र पर्ने कोतराया क्षेत्रमा सादा पोसाकमा अध्यागमन बिभागका प्रहरीहरु खटिएर अवैधानिक विदेशीलाई चेकजाँच गर्ने, समात्ने कार्यलाई तीव्रता दिइएको पाइएको हो।
यहीँ मार्च ३ तारिख बिहीवारको दिन पनि कोतरायामा अवस्थित स्थानीयसंगै बङ्गाली , नेपाली मुलका परिकार पाइने रेष्टुरेन्ट , होटल हरुमा अध्यागमन बिभाग र प्रहरी प्रवेश गरि रेष्टुरेन्ट भित्र बसेर खाना खाईरहेका , अवैध मादक पद्दार्थ सेवन गरिरहेका तर साथमा पुर्ण वैधानिक कागजात नभएका नेपालीसंगै कैयौं विदेशीहरुलाई पक्राउ गरि लगिएको अध्यागमन बिभागले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरि जनाएको छ।

त्यस्तै शुक्रबार पनि कोतराया आसपासको क्षेत्रमा सादा पोसाकमै अध्यागमन बिभागका प्रहरी परिचालन भैई चेकजाँच गर्ने क्रममा पुर्ण वैधानिक कागजात नभएका तथा मलेसिया कानुन अनुसार अवैध मानिने अश्लिल कार्यहरुमा संलग्न अवस्थामा भेटिएका कैयौं विदेशी कामदारहरुलाई पक्राउ गरिएको र जेल चलान गरिएको जनाएको छ।
मलेसियाले अवैधानिक विदेशी कामदारलाई आ-आफ्नो स्वदेश फर्किनलाई बारम्बार अवसर प्रदान गरेपनि अझैपनि हजारौंको सङ्ख्या अवैधानिक हरु लुकिछिपी विभिन्न क्षेत्रमा बसोबास गरिरहेको बिभागले बताउदै आएको छ।
मलेसियाले अवैधानिक स्वदेश फर्किन पछिल्लो समय यस् बर्ष सन् २०२२ को जुन (JUN) महिनासम्मको अवधी दिइएको छ। साथै यस् अवधी भित्र सम्पुर्ण अवैधानिकलाई सुरक्षित रुपमा स्वदेश फर्किन आग्रह समेत गर्दै आएकाछ्न।
SOURCE: BERNAMA





















