काठमाडौं:= आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालसामु १७६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनको योगफल खडा गर्यो ।
युएईका ओपनर मुहम्मद वसिमले सर्वाधिक ७० रन बनाए । उनले ४८ बलमा समान चार चौका र छक्का प्रहार गरे । यस्तै, भ्रित्या अरविन्दले ४६, मुहम्मद वसिमले १७ र जोडे ।
नेपालका अविनास बोहरा र जितेन्द्र मुखियाले समान तीन विकेट लिए । चार ओभर बलिङ गरेका अविनासले ४६ रन खर्चिदा मुखियाले ३ ओभरमा ३५ रन खर्चिए । यसबाहेक, कप्तान सन्दीप लामिछानेले एक विकेट हात पारे ।




















