काठमाडौं:= र्याम्प शो ‘ड्रेस टु इम्प्रेस’को चौथो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा चारजनाले उपाधि जितेका छन् । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नालोजी (आइआइएफटी)द्वारा आयोजित डिजाइनर कन्टेष्ट प्रतियोगितामा इन्जु तामाङले ट्रिब्युट टु भर्जिन एब्लोभ, सुनिता खड्काले डेनिम थिम, बबिता पाण्डेले हिस्टोरिकल क्वीन र अमृता गिरीले माउण्टेनियरिङ उपाधि पाउनुभयो ।
विजेता बनेका चारजनाले आइआइएफटीको तर्फबाट नगद १५ हजार प्राप्त गर्नुभएको छ भने युएफओको तर्फबाट १० हजार बराबरको सपिङ भौचर र कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बज्र ननिताज फिटनेश क्लबको तर्फबाट ३५ हजार बराबरको प्याकेज पाउनुभयो । शोमा डिप्लोमा कोर्ष पूरा गरेका १४४ जना डिजाइनहरूको सहभागिता थियो । तीमध्ये चारजनाले फरक–फरक विधामा उपाधि जित्नुभएको हो ।
‘ड्रेस टु इम्प्रेस’ सिजन चारका लागि हिँडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार, फेसन डिजाइनर निभा श्रेष्ठ, फेसन कोरियोग्राफर प्राशान्त ताम्राकार, फेसन डिजाइनर युवि थापा बुटिक एसोसिएसनका अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ र महेश महर्जन निर्णायक रहनु भएको थियो ।




















