कांग्रेस मधेश प्रदेश सदस्य रिजालद्वारा विपन्न परिवारलाई चामल वितरण।

सर्लाही:= नेपाली कांग्रेस मधेश प्रदेश समितिका सदस्य धु्रव रिजालले सर्लाहीको लालबन्दी नगरपालिका-९, बस्तीपुरमा १५३ परिवारलाई चामल वितरण गर्नुभएको छ । लालबन्दी नगरपालिका-५, रञ्जितपुर निवासी रिजालले वडा नं. ९ का अतिविपन्न १५३ परिवारलाई आइतबार २० केजीको दरले एक/एक बोरा चामल बाड्नु भएको हो ।

मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा विपन्न परिवारलाई चामल वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री सिंहले विपन्न र गरिबलाई माया गर्ने एक मात्रै पार्टी कांग्रेस मात्रै भएकाले आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गरेर विजयी गराउन आग्रह गर्नुभयो ।

कांग्रेस नेता रिजालले केही साताअघि आफ्नै गाउँ लालबन्दी–५, मा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गर्नुभएको थियो । आर्थिक अवस्था कमजोर रहेका दिवंगत व्यक्तिका परिवारलाई आर्थिक सहयोगसमेत गर्दै आइरहनुभएका रिजालले आगामी दिनमा लालबन्दीको वडा नंं. १ देखि १७ सम्म नै सामाजिक सेवाका काम गर्ने बताउनुभएको छ ।