क्वालालम्पुर (मलेसिया):= तेह्रथुम मलेसिया सम्पर्क मञ्चको नेतृत्वमा दुईवटै मृगौला पीडितको उपचारको लागि संकलन गरिएको आर्थिक सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको छ।
तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका वडा नम्बर-६ खाल्ले निवासी हाल काठमाडौंको वीर हस्पिटलमा उपचाररत रहनु भएकी मृगौला पीडित जानुका सेनेहाङ् लिम्बूको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले मलेसिया,हङकङ र नेपालमा विभिन्न क्षेत्रमा कार्यरत परोपकारी समाजसेवी, सहयोगी दाताहरुबाट संकलन गरिएको जम्मा सहयोग रकम नेपाली रु.१ लाख १५ हजार १ सय रुपैयाँ हस्तान्तरण सम्पन्न गरिएको तेह्रथुम मलेसिया सम्पर्क मञ्चका प्रतिनिधि अटल सेनेहाङ् लिम्बूले बताउनुभयो।

संकलन गरिएको सो सहयोग रकम तेह्रथुम मलेसिया सम्पर्क मञ्चका पुर्व अध्यक्ष प्रेम सुब्बा लिम्बूलद्वारा पीडितलाई भेटेरै रकम हस्तान्तरण गरिएको मञ्चले जनाएको हो।
मृगौला पीडित जानुकाको लागि आर्थिक सहयोग गर्ने सम्पुर्ण सहायोगीदाताहरुमा तेह्रथुम सम्पर्क मञ्च मलेसियाले हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको छ।





















