युट्युबमा सर्वाधिक हेरिएको भिडियो बेबी सार्कबाट चलचित्र बन्ने।

एजेन्सी:= युट्युबमा भएका भिडियोहरूमध्ये सर्वाधिक हेरिएको भिडियो ‘बेबी सार्क’ हो । यो एक बाल गीत हो । यो गीतको भिडियोलाई १० अर्बभन्दा बढी पटक हेरिएको छ । हालसम्म यो भिडियोले ३ करोड ३० लाख बढी लाइक पाएको छ । यो गीतमा कोरियन तथा अमेरिकन गायिका होप सिगोइनले स्वर दिनुभएको छ ।

यसै गीतलाई लिएर अब चलचित्र बने भएको छ । चलचित्रलाई निकलोडियन एनिमेसन र पिंकफङ कम्पनीले सहनिर्मित गर्न लागेको हो । सन् २०१६ मा रिलिज भएको यो गीत युट्युबमा सर्वाधिक हेरिएको गीतको सूचीमा परेसँगै हाल सम्म यस गीतलाई कसैले पनि उछिन्न सकेको छैन । सन् २०२३ सम्ममा ‘बेबी सार्क’को पूरा फिल्म सार्वजनिक गर्ने निर्माण टिमको योजना छ ।