बलेको मनछुने अभिनयसहित ‘कहानी एकादेशको’ सार्वजनिक (भिडियो)

काठमाडौं:= पछिल्लो समय हास्य टेलिसिरियल ‘सक्किगोनी’मा अभिनयसँगै म्युजिक भिडियोको क्षेत्रका डिमाण्डेड मोडलको रूपमा रहनुभएका सागर लम्साल (बले) अभिनित नयाँ गीत सार्वजनिक गरिएको छ ।

सोमबार एक कार्यक्रमबीच उक्त गीतको भिडियोको पनि सार्वजनिक गरियो । भिडियो सार्वजनिकअघि नै चर्चा पाएको यस गीतको भिडियोलाई लिएर दर्शकको प्रतिक्षा थियो । छायांकनको क्रममा पञ्चेबाजा बजाउने क्रममा सागरको नाकबाट रगत नै बगेको थियो । सोही क्लिपले चर्चा पनि पाएको थियो । भिडियोमा सागरलाई सुप्रिया खनालले अभियनमा साथ दिनुभएको छ ।

दीपकप्रसाद आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा सागर र सुप्रियासँगै निर्देशक दीपक स्वयं, सन्देश लामिछाने, भावना आचार्य लुरी, शालिकराम भण्डारीलगायतको अभिनय छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक आचार्य काकुले सागर लम्साल बलेको अभिनयको प्रशंसा गर्दै आफूहरूको मिहिनेतलाई सबैले रुचाउनेमा विश्वास व्यक्त गर्नुभयो । ।

दीपक सापकोटा भञ्जाको शब्द संगीत रहेको गीतमा निशान भट्टराईको आवाज रहेको छ । चन्दन दत्तको रंग संयोजन तथा सम्पादन रहेको गीतको भिडियोलाई पवन सुस्लिङले खिच्नुभएको हो । भ्यालेन्टाइन्स डेको अवसर पारेर सार्वजनिक गरेको गीतको भिडियोले सामाजिक सन्देश बोकेको छ ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुस् :