काठमाडाैं:= संसद सचिवालयमा महाभियाेग प्रस्ताव दर्तासँगै निलम्बननमा परेका प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले दुई तिहाइ पुर्याएर आफूलाई हटाउन चुनौती दिनु भएको छ ।
सत्ता गठबन्धनका सांसदले आइतबार जबराविरुद्ध महाभियाेग प्रस्ताव दर्ता गरेसँगै गाडी भएकाे झन्डा हटाएर निवास फर्किनु भएको उहाँले निकटस्थसँग कुरा गर्दै भन्नुभयो, ‘दलहरूले संवैधानिक प्रक्रिया सुरु गरे, अब दुई तिहाइ पुर्याउन् ।’
संसदबाट महाभियाेग पारित गर्न दुई तिहाइ चाहिने भए पनि सत्ता गठबन्धनसँग त्याे सिट छैन । प्रमुख प्रतिपक्षी एमालेबिना महाभियाेग पारित हुँदैन। एमालेकाे आइतबारकाे सचिवालय बैठकले महाभियाेग प्रस्तावविरुद्ध प्रतिवाद गर्ने प्रारम्भिक टिप्पणी गरेकाे थियाे । एमाले संसदीय दलकाे बैठक आज बस्दैछ ।




















