आजदेखि मलेसिया स्थित नेपाली दूतावासबाट विद्यूतिय पासपोर्ट अर्थात(इ-पासपोर्ट)जारी गर्न सुरु।

क्वालालम्पुर (मलेसिया):= मलेसिया स्थित नेपाली राजदूतावासले आज बुधबारदेखि विद्यूतिय पासपोर्ट अर्थात (इ-पासपोर्ट) बनाउन, जारी गर्न सुरु गरिएको छ।

नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको प्राङ्गणमा आज आयोजित इ-पासपोर्ट लन्च कार्यक्रमलाई राहदानी बिभाग नेपालको महानिर्देशक डोरनाथ अर्यालले सम्बोधन गर्नुको साथै दूतावासका कार्यवाहक राजदूत मोती बहादुर श्रीश , श्रम काउन्सेलर (श्रम सहचारी) दिपक ढकाल , द्धितिय सचिव तथा जेल शाखा प्रमुख प्रेम बहादुर बुढ थापा लगायतको दूतावासको प्रतिनिधिहरु उपस्थितिमा संयुक्त रुपमा नेपाली श्रमिक सप्तरी जिल्ला निवासी श्याम कुमार चौधरीको नामको इ-पासपोर्टको फारम भरि लन्च गरि ई-पासपोर्ट बनाउन र जारी  गर्न शुभ-आरम्भ गरिएको हो।

दूतावासले आज पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्‍रोल्मेण्ट गरेको छ। दूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने छ। साथै दूतावासमा हुने सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता कार्यवाहक राजदूत मोती बहादुर श्रीशले व्यक्त गर्नुभयो।

पहिलेको एमआरपि पासपोर्टको म्याद सकिएका र पासपोर्ट हराएर नयाँ पासपोर्ट बनाउन चाहने मलेसियामा कार्यरत नेपाली श्रमिकहरु र नेपाली ब्यावसायीहरुले पनि आजबाट मलेसिया स्थित नेपाली राजदूतावासमा उपस्थित भएर फारम भरेर नयाँ इ-पासपोर्ट बनाउन र लिन सक्नुहुने दूतावासका कार्यवाहक राजदूत मोती बहादुर श्रीशले बताउनुभयो।

तस्वीरमा हेर्नुस् मलेसिया स्थित नेपाली दूतावासबाट जारी भएको पहिलो इ-पासपोर्ट

ई-पासपोर्टको लन्च कार्यक्रममा नेपाली दूतावासका प्रतिनिधि संगसंगै नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष (सभापति) चोलाकान्त पंगेनी, उपाध्यक्ष टेक बहादुर टमाटा, कमल प्रसाद गौतम, महामन्त्री हरि कोईराला, त्यस्तै समितीको सदस्यद्धयहरु तेज कुमार राई, ईन्द्र भण्डारी, सल्लाहकार रामकुमार राई, प्रवक्ता यज्ञ कुमार राईको उपस्थिति रहेको थियो।

त्यस्तै गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, उपाध्यक्ष हेमराज सापकोटा, नेकपा एमाले निकट प्रवासी नेपाली मन्चका अध्यक्ष शेेर बहादुर गुरुङ, महासचिव दयाराम कुमाल लगायत सञ्चारकर्मी ईश्वर राई , कृष्ण गुप्ता लगायतको सहभागिता रहेको थियो।