रेशमको पार्टीमा आबद्ध भएका कांग्रेसका १५ जनप्रतिनिधिको पद खारेज गर्न सिफारिस।

कैलाली := नेपाली काँग्रेसका कैलालीले ३ वडा अध्यक्ष सहित १५ जनप्रतिनिधीको पद खारेजी गर्न निर्वाचन आयोगलाई सिफारीस गरेको छ । काँग्रेसले पार्टीबाट पद मुक्त गर्दै जनप्रतिनिधी समेत रहेको पद खारेपजिको माग गर्दै निर्वाचन आयोगलाई सिफारीस गरेको छ ।

काँग्रेस कैलालीले टीकापुर वडा नम्बर १का वडा अध्यक्ष लाल बिर चौधरी, वडा नम्बर ३का वडा अध्यक्ष रामसेवक महतो, वडा नम्बर ५का वडा अध्यक्ष रामशंकर डगौरा थारु, टिकापुर नगरपालिका कार्यपालिका सदस्य रमेश बिक, वडा नम्बर ३का वडा सदस्य बिना थारु, वडा न ३ वडा सदस्य भागिदेवि कामी, वडा न ४ वडा सदस्य तुलसा देवि बिक वडा न ४ वडा सदस्य प्रेमलाल चौधरी, वडा न ४ वडा सदस्य रुपमति डगौरा थारु, वडा न ५ वडा सदस्य बलबरि थारु (चौधरी), वडा न ५ वडा सदस्य कन्हैया चौधरी, वडा न ५ वडा सदस्य आशा थारु, वडा न ५ वडा सदस्य सरिता भुल, वडा न ६ वडा सदस्य रामशंकर चौधरी, वडा न ६ वडा सदस्य जमुना चौधरीलाई पदमुक्तका लागि निर्वाचन आयोगमा सिफारीस पठाएको हो ।

नेपाली काँग्रेस कैलालील, टिकापुर नगर कार्यसमितिको माघ १४ गतेको निर्णय, क्षेत्र न १ प्रदेश सभा ‘क’ कार्यसमितिको सिफारिस, क्षेत्र न १ क्षेत्रिय कार्यसमितिले माघ १८ गतेको सिफारिस पत्र अनुसार जिल्लाका कार्यवहाक सभपति प्रकाश बमले निर्वाचन आयोगमा सिफारिस पठाएका हुन् ।

१५ जना काँग्रेसलाई त्यागेर हाल अन्य राजनीतिक दलमा पार्टी प्रवेश गरेकाले निजहरुलाई साधारण सदस्य समेत नरहने र स्थानिय तहको पद समेत खारिज गर्न निर्वाचन आयोगलाई सिफारिस पठाएको नेपाली काँग्रेस कैलालीका प्रचारप्रसार प्रमुख नृपबहादुर सुनारले जानकारी दिए। Source : Sudurpatra