भारतीय चर्चित गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा निधन।

एजेन्सी := भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। मुम्बईको एक अस्पतालमा आज बिहान उनको निधन भएको हो । कोरोना संक्रमण भएपछि विगत २७ दिनदेखि अस्पतालमा उपचाररत मंगेसकरलाई भेन्टिलेटरमा राखिएर उपचार हुँदै थियो । मंगेस्करको ९२ वर्षको उमेरमा निधन भएको हो ।

आइतबार बिहान ८:१२ मा उनको निधन भएको अस्पताल प्रशासनलाई उद्धृत गर्दै भारतीय समाचार संस्था हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ । केही समययता उनको शरीरका धेरै अङ्गले काम गर्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उनको जन्म सन् १९२९ सेप्टेम्बर २८ मा भारतो इन्दौरमा भएको थियो ।

९२ वर्षीया मंगेशकरलाई आफ्नो जीवनकालमा एक हजारभन्दा बढी हिन्दी सिनेमाका गीत गाएकी थिइन् । उनी नेसनल फिल्म अवार्ड‚ दादासाहेब फाल्के अवार्ड र भारत रत्नसहित दर्जनौं पुरस्कारबाट सम्मानित भएकी थिइन् ।