पूर्व मन्त्री भट्टराईले जग्गा सेटिगं मात्रै नभई राजनीतिक नियुक्ति समेत दिएका रहेछन्: प्रेम आले।

काठमाडौं := पर्यटन मन्त्री प्रेम आलेले आफ्नो समय विभिन्न मातहतका निकायहरुको अनियमितताको अध्ययन र छानविनमै खर्च भईरहेको भन्दै थप काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई शुक्रबार सम्बोधन गर्दै आलेले नेताहरुको कुदृष्टिका कारण नै देश पछि परेको टिप्प्णी समेत गरे ।

तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईले बतास समुहसँग सेटिङ गरि सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरुमा बतास समुहसँग सम्बन्धित मान्छेहरुलाई राजनीतिक नियुक्ति दिलाएको समेत मन्त्री आलेले दाबी गरे ।

मन्त्रीहरुले राजनीतिक नियुक्ति दिलाउनको लागि आर्थिक बार्गेनिङ गर्ने गरेको देखेको उनको दाबी छ । त्यसरी नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्दे्रश्य राख्ने गरेको पाएको छु , उनले भने ।