एजेन्सी := दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित भएका हुन् ।
कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोनको संक्रमण तीव्र रूपमा फैलिएकाले दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै भएको जनाइएको छ । यसअघि एक दिनमा १८ हजार ३४२ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो ।
दक्षिण कोरियामा कोरोनाभाइरसबाट अहिलेसम्म संक्रमितहरूको कुल संख्या आठ लाख ८४ हजार ३१० पुगेको छ । नयाँ संक्रमितमध्ये चार हजार १८६ जना राजधानी सोलमै भेटिएका हुन । भाइरसको फैलावट ग्रामिण क्षेत्रमा धेरै भएको अधिकारीले जनाएका छन् ।
अहिले संक्रमित अवस्थामै रहेकाहरूमध्ये २७८ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको जनाइएको छ । कोरियामा पछिल्लो एक दिनमा कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको संख्या छ हजार ७८७ पुगेको छ ।




















