मुम्बई:= दक्षिण भारतीय चलचित्रका सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘पुष्पाः द राइज’ बलिउडसँगै नेपालमा पनि निकै चर्चामा रहृयो । नेपालका अधिकांश हलमा हाउसफुलका साथ यो चलचित्रले व्यापार पनि ग¥यो । यो चलचित्रका गीत, सम्वाद तथा अल्लुको स्टाइल यतिबेला टिकटकमा निकै छाइरहेका छन्।
यतिमात्रै नभएर क्रिकेटर रविन्द्र जडेजा र डेविड वार्नर पनि ‘तेरी झलक असर्फी’ गीतमा अभिनेता अल्लु अर्जुनको टाउको थोरै बंग्याएर कुममाथि खुम्चाउँदै हिँडेको र हातले चिँउडोमा सुम्सुमाएको जस्तो मुभको नक्कल गरिरहेको देखिन्छ ।
पूरै चर्चामा आएको पुष्पाको यो मुभ (हात चिउँडोमा लगेको) यसको ओरिजिनल भने नभएको खबर आएको छ । नवभारत टाइम्सका अनुसार यो स्टाइल दक्षिण भारतीय अभिनेत्री साई पल्लवीले पहिले नै एउटा चलचित्रमा गरिसकेकी छन् । उहाले चलचित्र ‘राउडी बेबी’ गीतमा यो मुभ गर्नुभएको थियो । यो चलचित्रमा अभिनेत्री पल्लवीको अपोजिट अभिनेता धनुष हुनुहुन्थ्यो ।
यो गीत चलचित्र ‘मारी २’ को हो । यो चलचित्र र गीत हिट भयो तर गीतमा अभिनेत्रीको मुभ त्यति नोटिस गरिएन । चलचित्रको प्रमोसनको क्रममा अभिनेता अल्लुले यो मुभ अरू नै चलचित्रमा रहन गएको कथा सुनाउनु भएको थियो । उहाँका अनुसार उहाले अरू नै चलचित्रको एउटा गीतमा यो स्टेप गर्नुभएको थियो । जुन निर्देशक सुकुमारले रुचाएपछि आफ्नो अर्को चलचित्रमा यही स्टेप राख्ने निधोसहित ‘पुष्पाः द राइज’ मा प्रयोग गर्नुभयो ।




















