दुर्गेश थापाको ‘पैसा’ गीतको तीव्र विरोध सुरु, कारबाही गर्न माग।

काठमाडौं := गायक दुर्गेश थापाले शुक्रबार युट्युबमार्फत सार्वजनिक गरेकाे नयाँ गीत ‘पैसा’ पनि विवादमा पर्ने देखिएको छ। छाडा शब्द प्रयोग गरेर बनाइएको उक्त गीतको सामाजिक सञ्जालमा तीव्र विरोध सुरु भएको छ। विशेषगरी नारीलाई पैसासँग तुलना गरिएको भन्दै आक्रोश पोखिएको छ। महिला नेता तथा अभियन्ताले उनलाई कारबाही नै गर्न माग गरेका छन्।

अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य साया किरण लेख्छिन्, ‘नारीलाई पैसासँग तुलना गर्ने यो को हो? अझै आफूलाई आफैंले नारीवादी घोषणा गर्नेहरू त्यहीँ रमाउँदै छन्, छिछिछि!! कलाकार भनेको के थाहा यो अभद्र, अश्लील मान्छेलाई? यस्ता कलाकार भनाउँदालाई अझै वाह वाह गर्नेहरू कुन दर्जाका मान्छे हुन्?? यसलाई जहाँ भेटिन्छ, त्यहीँ दनक दिनुपर्छ। परेको बेहोर्न तयार!!’

 

 

यस्तै महिला अधिकारवादी सावित्री सुवेदीले लेखेकी छन्, ‘नारीलाई पैसासँग तुलना गर्ने यो गन्हाउने बोकालाई तुरुन्तै कारबाही गर! महिला हिंसा अन्त्य गर! जयनारी!’

 

 

‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेश पटकपटक विवादमा परेका गायक हुन्। तिहार गीत ‘डन आयो डन’मा प्रयोग गरिएका शब्दले त उनलाई प्रहरी कार्यालयसम्म पुर्‍याएको थियो। यो पछिल्लो गीत ‘पैसा’ मा त उनले निकै आपत्तिजनक शब्द प्रयोग गरेका छन्।

यता वैज्ञानिक समाजवादी महिला सङ्गठनले भर्खरै सार्वजनिक भएको गायक दुर्गेश थापाको गीतमा महिलालाई पै’सासँग तुलना गरिएको भन्दै प्रसारण ब’न्द गर्न आग्रह गरेको छ । विगतमा पनि दुर्गेशको गीत विवा’दमा तानिने गरेको थियो । दुर्गेशालाई यस अघि पनि गीतमा भद्दा शब्द प्रयोग नगर्न अनुरोध अनुरोध गरिएको थियो ।

सङ्गठनले आज विज्ञप्ति जारी गरी हालचालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको जनाउँदै गीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो।

“कलाकारले प्रयोग गर्ने शब्द, वेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन अ’सर पार्दछ, नेपाली समाजमा महिला माथि हुने ब ला’त्कार जन्य हिं-सा, मान’सिक र शारीरिक रूपमा हुने हिं-सा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो”, विज्ञप्तिमा भनिएको छ ।

तलको लिङ्कमा क्लिक गरि पूरा भिडियो हेर्नुस् :