साउदीमा बिच्चलीमा परेका ६ युवालाई एनआरएनएले गर्‍यो उद्धार।

काठमाडौं := वैदेशिक रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिच्चलीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको छ।विभिन्न कारणले अवैधानिक हैसियतमा पुगेका उनीहरुलाई संघको पहलमा स्वदेश फर्काइएको हो।

संघले जानकारी गराए अनुसार आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा उनीहरु साउदीमा बन्दी जीवन बिताउन बाध्य थिए। भिसाविहीन भइ अलपत्र परेका ताप्लेजुङका यज्ञप्रसाद विष्ट, सिन्धुपाल्चोकका यकराज तामाङ, झापाका मदन कुमार उप्रेती, काभ्रेपलाञ्चोकका शंकर बिक,सप्तरीका जितेन कुमार मण्डल र सुनिल कुमार यादवलाई शुक्रबार बिहान उद्धार गरी स्वदेश फर्काइएको उनले बताए।