एजेन्सी := बलिउड तथा साउथ अभिनेता धनुष र उनकी पत्नी ऐश्वर्य अलग हुने खबर सेलाउन नपाउँदै अर्का अभिनेताले पनि आफ्नो वैवाहिक सम्ब’न्ध टुंग्याएको खबर सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार अभिनेता नितिश भारद्वजले १२ वर्षदेखिको आफ्नो वैवाहिक सम्ब’न्ध टुंग्याउने भएका हुन्। नितिश चरित्र अभिनेताका रूपमा नाम कहलिएका कलाकार हुन्।
तर उनलाई बिआर चोपडाको ‘महाभारत’ श्रृंखलामा कृष्णको भूमिकाकै लागि अहिलेसम्म चिनिन्छ। नितिशले बम्बई टाइम्ससँगको अन्तर्वार्तामा पत्नी स्मिता गेटसँग सम्ब’न्ध विच्छे’दको जानकारी दिएका हुन् । उनका भनाइ उद्धृत गर्दै बलिउड लाइफले लेखेको छ, ‘म यति मात्र भन्न सक्छु कि कहिलेकाहीँ डिभोर्स मृ-त्युभन्दा बढी पी’डादायी हुन्छ। तपाईं भाँचिएको हाड लिएर बाँचे जस्तो हुनुहुन्छ।’
उनले थप भनेका छन्, ‘अझ सबभन्दा धेरै त बच्चाहरूलाई पी’डा हुन्छ। परिवार टुट्दा उनीहरूलाई हुने पी’डा बयान गर्न सकिँदैन। त्यसैले दुई मध्ये एक मात्र अभिभावकले भए पनि सकेसम्म यो पी’डा कम गराउन जरूरी हुन्छ।’ उनले बम्बई उच्च अदालतमा डि’भोर्सका लागि आवेदन दिएका छन्। नितिश र स्मिताका जुम्ल्याहा छोरीहरू छन्। नितिश र स्मिताको सन् २००९ मा बिहे भएको थियो।
१२ वर्ष लामो सम्ब’न्ध उनीहरूले किन टुंग्याए भन्नेबारे जानकारी छैन । नितिशको यसअघि फेमिना पत्रिकाकी तत्कालीन सम्पादन विमला पाटिलकी छोरी मनीषा पाटिलसँग बिहे भएको थियो। सन् १९९१ मा बिहे गरेका उनीहरू सन् २००५ मा अलग भएका थिए । उनीहरूका एक छोरा र छोरी छन्। यसपछि नितिशले आइएस अफिसर स्मिता गेटसँग बिहे गरेका थिए। ५८ वर्षीय नितिश सत्तारूढ भाजपासँग पनि आवद्ध छन्।




















