नेपालीहरुलाई मलेसियालगायत खाडी मुलुकको भ्रमणमा भिजिट भिसामा जान रोक।

काठमाडौं := नेपाल सरकारले मलेशिया त्यस्तै खाडी मुलुक युएई , कतार , साउदी , ओमान , बहराइन , कुवेत , ईरान् लगायतको अन्तर्राष्ट्रिय देशहरुमा भिजिट भिसामा भ्रमणमा घुम्न जान रोक लगाएको छ ।

कोरोना भाइरस (कोभिड -१९) को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गयका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो ।

मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो ।

हेर्नुहाेस् विज्ञप्तिः-