[ राम अवतार चाैधरी ]
कपिलवस्तु:= चिसाे माैसममा ताताे भन्ने बित्तिकै जाे कसैलाई न्यानोपन महसुस हुन्छ । यस्ताे माैसममा कसलाई न्यानाेपनकाे आवश्यक नहाेला र ? न्यानाे खाेज्दै आम नागरिक भाैतारी रहेकाे पनि नभेटिएकाे हाेइन् । जलस्रोतमा दाेस्राे ठूलाे मुलुक नेपाल तर विडम्बना हामी स्थानीय स्तरमा साेतसाधन खेर गएकाे देख्दैनाैँ । कतिपय देखेर त कतिपय नदेखेर ओझेलमा परिरहेको अवस्था विद्यमान हुँदाहुँदै पत्ता लागेकाे स्थान संरक्षण पाएकाे भेटिन्छ कयौं पत्ता लागेर पनि संरक्षण नभएकाे पाइन्छ।
कपिलवस्तुको चन्द्राैटा बजार देखि करिब १२ किलाेमिटर लाेकमार्ग हुँदै पहाडकाे बीच भागमा अवस्थित छ सुरइ बृज नजिकै तलतिर १६८ खुड्किला तल झरेपछि पुगिन्छ तातोपानी मुहान । शिवराज नगरपालिका-१ अन्तर्गत पर्ने सुरइ तातोपानी मुहानलाई केही बर्षदेखि नगरले संरक्षण गर्दै आएकाे छ । लामाे समयदेखि ओेझेलमा परेकाे तातोपानी संरक्षणकाे पर्खाइमा रहेकाे स्थानीयले बताउँछन् । विगत ३/४ बर्ष यता शिवराज नगरपालिकाले निगरानी गर्दै आउनुका साथै संरक्षणका लागि बजेट समेत विनियोजन गरि निर्माण कार्यमा समेत उल्लेखनीय याेगदान पुर्याउँदै आएकाे नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए ।

यस्तै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले तातोपानी मुहानकाे आफूले पटकपटक अनुगमन गरि संरक्षणका लागि जाेडदार माग गर्दै आएकाे बताइन् । प्रत्येक बर्ष माघ महिनामा दाङकाे रिहार अवस्थित कुण्ड जस्ताे सुरइ तातोपानी मुहानलाई बनाउन सके पर्यटकीय गन्तव्य बनाउन सक्ने बताएकी छन् । मुहानसँगै पिक्निक स्पाेर्ट बनाउन सके अझै रमणीय स्थान बन्ने विश्वास समेत उनले व्यक्त गरिन् ।

पर्यटकीय गन्तव्यकाे रुपमा विकास गर्न सके यस क्षेत्रकाे व्यापार लगायतको गतिविधिलाई प्रभावकारी बनाउन कदम चालेकाे उनले जनाइन् । तातोपानी मुहान पुगेकाे पर्यटक शिवगढी मन्दिरकाे समेत स्थलगत अवलोकन गर्ने बताउँदै एकदमै महत्त्वपूर्ण स्थलकाे रुपमा विकास गर्न नगर लगायतको सम्बन्धित निकायमा पहल गर्ने समेत उपप्रमुख थारुले प्रतिबद्धता जाहेर गरिन् ।
त्यसैगरी शिवराज नगरपालिका वडा नं.१ का वडाध्यक्ष जगत जिसीले तातोपानी मुहान संरक्षण गर्न आवश्यक रहेकाे बताए । विगत डेढ बर्ष पहिले भुगर्भ तथा खनिज काठमाडौंकाे एक टाेलीले अनुगमन गरेकाे उनले जानकारी दिए । अनुगमन टाेलीले परिक्षणका लागि पानी काठमाडौं लगेकाे जनाउँदै यसकाे प्रचारप्रसारकाे अभाव रहेकाे समेत जिसीले बताए ।

वडाध्यक्ष जिसीका अनुसार उक्त टाेलीले आफूलाई तातोपानीमा गन्धक भन्ने तत्व रहेकाे जनाउँदै तत्वले शरीरमा रहेकाे विशेषगरी छाला राेग हटने जनाए । वडाध्यक्ष जिसीले भने अनुगमन टाेलीले आफूलाई जानकारी गराए अनुसार सुरइ तातोपानी मुहानमा सुनखानीकाे तत्व रहेकाे समेत अनुमान गरेकाे छ । तातोपानी मुहान संरक्षण गर्न गत बर्ष वडाले रकम विनियोजन गरे पनि काेभिडले काम गर्न नसकेको जिसीले बताए ।
सुरइखाेला तातोपानी मुहान संरक्षण कार्यक्रम उपभोक्त समितिका अध्यक्ष गिर बहादुर सिंह ठकुरीले चालू आर्थिक बर्ष ८ लाख नगरबाट विनियोजन भएकाे बताए । जसमध्ये पाइप लाइन, नुहाउने धारा कुण्ड, धारा वरिपरि जाली र साइन बाेर्ड लगायत निर्माण भइसकेको बताउँदै थप भइरहेको निर्माण कार्य आगामी जेठ मसान्तसम्म सकाउने याेजना रहेकाे उनले जनाए ।
बर्षातकाे बेला मुहान पुग्न समस्य भएकाेले ट्रस बृज, पिक्निक स्पाेर्ट र पार्किङ बनाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नगरकाे याेजना रहेकाे नगरपालिकाले जनाएकाे छ । अ.व. २०७७/७८ नगरबाट ८ लाख विनियोजन गरिएको मध्ये ६ लाख रकम बराबरकाे सिंढी निर्माण भएकाे संरक्षण समितिले जनाएकाे छ । चालू अ.व.मा मुहान विकास स्वरुप नगरपालिकाबाट रु.८ लाख विनियोजन गरिएकाे नगर प्रशासनले जनाएकाे छ ।




















