चीनले बनायो चार खुट्टा टेकेर हिँड्ने याक रोबोर्ट: भारतीय सीमामा परिचालन गर्ने!

एजेन्सी := विज्ञान र प्रविधिमा उच्च स्तरीय विकास गरीरहेको चीनले याक रोबोर्ट तयार पारेको छ । यसको स्वरुप याक जस्तो छ । चार खुट्टाले टेकेर हिँड्ने यो रोबोर्टले जासुसी गतिविधिका साथै हतियार समेत बोकेर हिँड्न सक्ने जनाईएको छ । यो रोबोर्ट हिमाली क्षेत्रमा प्रयोग गरिनेछ ।

३२ किलोको यो रोबोर्टले १६० किलो सम्म भारी बोक्न सक्छ । यो रोबोर्ट उच्च हिमाली र पहाडी भेग, दल दले क्षेत्रमा पनि सजिलै हिँड्न सक्छ । यो हिँड्न सक्छ, घुम्न सक्छ र अगाडी पछाडी जता पनि फर्किन सक्छ । सिसिटिभीको रिपोर्ट अनुसार यसले प्रतिघण्टा दश किलोमिटरको यात्रा तय गर्नेछ । मानिसले काम गर्न कठिन पर्ने क्षेत्रमा यो रोबोर्ट परिचालन गरिने रिपोर्टमा उल्लेख छ ।

सो रिपोर्ट अनुसार यो रोबोर्टलाई आवस्यकता अनुसार हतियारले लैस पनि गराउन सकिनेछ । यो अधिकतम भारतीय उच्च हिमाली सीमा क्षेत्रमा परिचालन हुन सक्ने भन्दै भारतीय पक्षबाट चिन्ता जनाईएको छ । चीनीया समाचारका अनुसार युद्धका बेला दुष्मन क्याम्पको निगरानी, जासुसी र लजिष्टिक सप्लाई र हतियार आपुर्तिमा यसले मद्धत पुर्याउनेछ ।