दक्षिण कोरिया := नेपाली राजदुतावास दक्षिण काेरियाले यहि जनवरी २ तारिखदेखि “व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अभिमुखिकरण तालिम सञ्चालन गरेको छ । कार्यक्रम हरेक आइतबार काेरियन समय साँझ ७ बजे देखि ८: ३० बजेसम्म हुने जनाएकाे छ।
उक्त कार्यक्रम जुम मार्फतभैरहेको छ भने कार्यक्रममा सहभागी हुनका जुम आइडि पनि दुतावासले उपलब्ध गराएको छ।काेरियामा औद्याेगिक दुर्घटना न्यूनीकरणका लागि उक्त तालिम दिन सुरुगरेकाे काेरियाका लागि श्रम सहचारी रमा भट्टराईले जानकारी दिएकी छन् ।

त्यसैगरी कोरियामा कार्यरत नेपाली श्रमिकहरु विभिन्न प्रकारका कार्यस्थल दुर्घटनामा परी घाईते, अंगभंग तथा मृत्यु समेत भईरहेको अवस्थामा उक्त घटनाहरु न्यूनीकरणका लागि नेपाली राजदूतावास सउलले आयोजना गरेको उक्त कार्यक्रममा काेरियामा अबस्थित रहेका सबै नेपालीहरुलाई उपस्थितको लागि अनुरोध दुतावासले अनुरोध गरेकाे छ ।
व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अभिमुखिकरण तालिमकाे आयाेजना नेपाली राजदुतावास काेरियाले गरेकाे छ भने सहयाेगी भुमिकामा एनआरएनए दक्षिण काेरिया रहेकाे छ। उक्त अभिमुखिकरण तालिम ९ हप्तासम्म सञ्चालन गरिने छ। जसमध्ये ३ भाग कार्यक्रम सकिसकेकाे छ , अबको बाकी कार्यक्रममा पनि उपस्थिति जनाउन सकिनेछ ।
कार्यक्रममा सहभागी हुनकाे लागि तल व्यानरमा दिइएको जुम आइडि लगइन गरि आगामी आइतबार अथवा जनवरी २३ तारिखका दिन सहभागी हुन सकिनेछ। कार्यक्रममा नियमित सहभागि हुनेलाई तालिमको प्रमाणपत्र समेत वितरण गरिने जनाएको छ।




















