जनकपुर:= प्रदेश दुईको स्थायी राजधानी अब जनकपुर रहने भएको छ । आज प्रदेशसभामा सम्पन्न मतदानमा जनकपुरको पक्षमा ७८ मत परेपछि जनकपुरधाम प्रदेश नम्बर २ को राजधानी घोषणा भएको हो ।
यो राजधानीका लागि जसपा, लोसपा, माओवादी र एकीकृत समाजवादीको समर्थन रहेको थियो । अब केही बेरमा नामको बिषयमा मतदान हुँदैछ ।




















