काठमाडौं:= बलिउडका सुपरस्टार सलमान खान ५६ वर्ष पुगिसक्दा पनि ब्याचलर जीवन नै विताइ रहेका छन् । विभिन्न कार्यक्रममा सुपरस्टार सलमान खानलाई विहे कहिले गर्ने ? भनेर बारम्बार सोधिन्थ्यो । यो प्रश्नबाट सलमानले अझैँ पनि उन्मुक्ती पाएका छैनन् ।
उनले पत्रकार र फ्यानहरुको यस प्रश्नको गोलमोल जवाफ दिदै आएका छन् । त्यसोत, एक पुरानो अन्तर्वार्तामा सलमान खानले अभिनेत्री जुही चावला सँग विहे गर्न चाहेको बताएका थिए । तर, अभिनेत्री जुही चावलाका बुबाले उनीहरुको विवाह अस्वीकार गरेका सलमान खानले बताएका थिए ।
सलमानले सुनाए किस्सा :
उक्त अन्तर्वातामा सलमान खान निकै जवान देखिन्छन् । होस्टले सलमानलाई सोधे, ‘जुही चावलाको बारेमा बताउनु होस् ?’ जवाफमा सल मानले भनेका छन्, ‘जुही चावला स्वीट छिन् । मैले एक पटक उनका बुबासँग जुहीसँग बिहेको कुरा गरेँ । तर, उनले स्पष्ट रूपमा अस्वीकार गरे । थाहा छैन उनीहरु के चाहन्छन् । त्यसपछि मैले सोचेँ कि उसले सोचेर नै अस्वीकार गरेको हुनुपर्छ ।’
जय मेहतासँग जुहीले गरिन् विवाह :
अभिनेत्री जुही चावलाले जय मेहतासँग विवाह गरिसकेकी छन् । अहिले यो जोडीको दुई सन्तान छन्, जसको नाम जान्हवी र अर्जुन हो। जुही चावलाका पति बहुराष्ट्रिय कम्पनी मेहता ग्रुपका मालिक हुन् । उनका दुई वटा सिमेन्ट कम्पनी पनि छन् । यस बाहेक उनी शाहरुख खानसँग आईपीएल टीम कोलकाता नाइट राइडर्सका सह–मालिक पनि हुन् ।
सलमान खानका आगामी फिल्महरु :
सलमान खानको वर्कफ्रन्टको कुरा गर्नुपर्दा उनी पछिल्लो पटक ‘अन्टिमः द फाइनल ट्रुथ’ मा देखिएका थिए।यो फिल्ममा उनले आयुष शर्मासँग काम गरेका थिए । महेश माञ्जरेकरको निर्देशनमा बनेको यो फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका थिए । यतिबेला सलमान खान आफ्नो नयाँ फिल्म ‘टाइगर–३’का कारण चर्चामा छन् । यो फिल्ममा कट्रिना कैफ पनि मुख्य भूमिकामा छन्। यसबाहेक उनी ‘किक २’ र ‘कभी ईद कभी दिवाली’मा पनि देखिदै छन् ।




















