‘ए मेरो हजुर-४’ को टिजर रिलिज।

काठमाडौं := सुपरहिट सिरिज ’ए मेरो हजुर’ को चौथो शृंखलाको टिजर सार्वजनिक गरिएको छ। आगामी नयाँ बर्ष वैशाख १ लाई रिलिज मिति तय गर्दै निर्माण टिमले चलचित्रको टिजर सार्वजनिक गरेको हो। अनमोल केसी र सुहाना थापाको प्रेम र बिछोडलाई देखाइएको टिजर निर्माण टिमले युट्युवमार्फत टिजर सार्वजनिक गरेको हो।

आकर्षक लोकेशन, मन छुने संवाद, अनमोल र सुहानाको केमेष्ट्रीले टिजरलाई शक्तिशाली बनाएकोे छ। सुनिलकुमार थापा निर्माता रहेको चलचित्रलाई झराना थापाले निर्देशन गरेकी छिन्।