ओमिक्रोनको भरियन्ट चलिरहेका बेला बर्दियामा महोत्सवको आयोजना गरिँदै।

[ दीपक कुमार शर्मा ] 

बर्दिया:= कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण उच्च दरमा बृद्धि भैरहेका बेला जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दियाको वाँसगढि उद्योग वाणिज्य संघले महोत्सवको संचालन गर्न अनुमति दिएको छ ।

छिमेकि देश भारत संग खुल्ला सिमाना जोडिएको बर्दिया जिल्लामा दैनिक जसो दैनिक उपभोग्य तथा अन्य सामान खरिदका लागी बर्दियाका नागरिकहरु भारत तर्फ जाने गर्दछन। छिमेकि देश भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण उच्च विन्दुमा  बृद्धि भइरहेको बेला भातर संग खुल्ला सिमानाका कारण कोरोनाको बढदो ग्राफले संक्रमणदर क्रमस बढदै जाने देखिएको छ यस्तो अवस्थामा यसरी महोत्सव संचालन गर्नु दिनु कोरोनालाई निम्त्याउनु सरह भएको बताइएको छ ।

उद्योग बाणिज्य संघ बाँसगढि बर्दियाले ऐतिहासिक पाँचौं बाँसगढि औधोगिक,कृषि, पर्यटन, व्यापार मेला तथा बर्दिया माघ महोत्सव आगामी पौष २९ गते देखि माघ ९ गते सम्म संचालन गर्ने भएको हो । यसरी कोरोनाको तेस्रो लहर बृद्धि हुदै जानु र छिमेकि देशमा समेत यसको  ग्राफले संक्रमण दर बढदै गएको देखाइरहेको बेला जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सूनारले महोत्सव संचालनको लागी अनुमति दिएर के सन्देश दिन खोजेको भन्ने विषयमा प्रश्न चिन्ह खडा भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गीरीले कोरोनाको संक्रमण दर पछिल्लो केहि दिन देखि उकालो लाग्दै गएको बताउनु भयो । उहाँका अनुसार माघि पर्व तथा भारतका केहि स्थानमा लकडाउन हुने सक्ने हुँदा त्यहा रहेका नेपाली नेपाल फर्कदा जोखिम उच्च रहेको बताउनु भयो । उद्योग बाणिज्य संघ बाँसगढिका अध्यक्ष रामसिंह थारुले महोत्सव देशका अन्य भागमा समेत लागीरहेको अवस्थामा आफुहरुले पनि संचालन गर्न पाउनु पर्ने भन्दै प्रशासन संग समन्वय गरिरहेको बताउदै महोत्सवको तयारी पुरा भएको बताउनु भयो।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सूनारले महोत्सव संचालनका लागी आयोजक बाट निमन्त्रणा पत्र आएको बताउदै महोत्सव संचालनको लागी आफुले कुनै अनुमति नदिएको बताउनु भयो । महोत्सव लाई पछिल्लो पटक आयोजकले स्थानिय कला सस्कृति, पहिचान तथा स्थानिय उत्पादनलाई प्रोत्साहन भन्दा पनि आयातित वस्तुलाई बढि महत्व दिदै आएको छ साथै महोत्सबलाई आयोजकले आर्थिक संकलनको लागी एउटा पाटो अपनाउदै आइको छ ।

बाँसगढि नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले उद्योग बाणिज्य संघले महोत्सव संचालनका लागी ३ महिना पहिले नै समन्वय गरेको बताउदै उक्त समयमा नगरपालिकाबाट अनुमति दिइएको बताउनु भयो ।