फलोअप समाचार : अझैपनि पुरिएन कलैयास्थित बीच सडकको खाल्डो।

[ संजीव कुमार मिक्ष्रा ] 

बारा:= संघीयता लागू भइसकेपछि तराईमा पछिल्लो समय विकासको लहर छाएको अनुभूति कलैयावासीले गरेका छन् । तर, अधुरो विकास उनीहरूको लागि झन् खतरनाक सावित बन्दै गएको छ । कमिसनको लोभमा जनप्रतिनिधिले ठेकेदारविरुद्ध बोल्न नसक्दा अधुरो विकासको काम भइरहेको स्थानीयले गुनासो गरेका छन् ।

अधुरो विकासको उदाहरण कलैया उपमहानगरपालिका-१ त्रिचन्द्र विद्यालयनजिकै अझै कायमै रहेको छ । ठेकेदारले सडक कालोपत्रे बनाएको र सडकमा नाला छोप्न अधुरो स्ल्याब हाल्दा दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका हुन् ।

कलैयास्थित मानमत कलैया मटिअर्वा मेनरोडबाट गंगापुर जाने बाटोमा प्रवेश गर्ने स्थलमै नालामा स्ल्याब नराखिँदा दुर्घटनाको जोखिम बढेको स्थानीय राजकुमार साहले गुनासो गर्नुभयो । ‘साइकल चलाएर विद्यालय पढ्न जाने बालबालिका खाल्डोमा लडेर घाइते हुने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘तीव्रगतिमा कुदेका मोटरसाइकल पनि सडकको बीचमा पर्ने खाल्डोमा परेर दुर्घटनामा पर्ने गरेका छन् । दिनहुँ दुर्घटना भइरहे पनि त्यसमा स्ल्याब राख्न सम्बन्धित निकायले चासो नदेखाएको उहाँले गुनासो गर्नुभयो ।

सडक बीचमा परेको नालाको खाल्डोकै कारण ठूलो गाडी गुडाउनसमेत समस्या परिरहेको ट्रक चालक धमेन्द्र गिरीले बताउनुभयो । ‘मेनरोडबाट पश्चिमतिर लाग्दा गाडीको चक्का कहिलेकाहीँ खाल्डामा अड्किन्छ,’ उहा“ले भन्नुभयो, ‘खाल्डामा चक्का झरेपछि गाडी निकाल्न घण्टाँै कसरत गर्नुपरेको छ ।’ उपमहानगरपालिका तथा वडा कार्यालयसँग खाल्डोमा स्ल्याब राख्न पहल गरिदिन उहा“ले आग्रह गर्नुभयो ।

सडकको खाल्डोमा स्ल्याब हाल्न वडाध्यक्ष हरियोम साह सोनारसँग गुनासो गर्दा पनि उहा“ले खासै चासो नलिएको स्थानीयको गुनासो छ । दिनहुँ ठूला तथा साना सवारी साधनका साथै सयौँको संख्यामा मानिसहरूको उक्त सडक भएर आवतजावत गर्दै आएका छन् ।

कलैयाबाट गंगापुर, वैद्यनाथपुर, भतौडा, प्रष्टोका, बेलहिया, सिसहनिया लगायतका गाउँ पुग्न स्ल्याब फुटेकै बाटो भएर यात्रा तय गर्नु परेको स्थानीयहरूको भनाइ छ । बीचबाटोमै खाल्डो हु“दासमेत सम्बन्धित निकाय मौन देखिएका छन् । (कलैयादेखि गंगापुर बैजनाथपुरतिर जाने बाटोको बीचमै खाल्डो ।)