र्‍यापर निर्णयलाई ‘सक्सेस अचिभर्स अवार्ड २०२१’ बाट सम्मान।

काठमाडौं:= विगत २५ वर्षदेखि गायनसँगै समाजिक कार्यमा सक्रिए ¥यापर तथा समाजसेवी निर्णय श्रेष्ठलाई ‘सक्सेस अचिभर्स अवार्ड २०२१’ बाट सम्मान गरिएको छ ।

उहाँले केही सामाजिक संघसंस्थाको सद्भावना दूत भएर पनि काम गरिसक्नुभएको छ । उहाँको यही योगदानको कदर स्वरूप अनुजा मिडियाले ‘सक्सेस अचिभार्स अवार्ड’बाट सम्मानित गरेको हो । श्रेष्ठलाई यो अवार्ड पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हस्तान्तरण गर्नुभएको हो ।

यो अवार्डबाट अन्य १३ जनालाई प्रदान गरिएको थियो । कार्यक्रममा नाडाका अध्यक्ष ध्रुव थापा, हास्यकलाकार मनोज गजुरेल, शिक्षाविद् डा.राजेन्द्र केसी, चितवन मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर डा. हरिशचन्द्र न्यौपानेलगायतलाई सम्मान गरिएको छ ।