मलेसियामा भारी बर्षाले आएको बाढीबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो, ८ जना आझै बेपत्ता।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा भारी मौसमी बाढीमा परि मृत्यु हुनेको संख्या ४१ जना पुगेको छ, भने ८ जना अझै बेपत्ता रहेका छन् । हाल बाढीमा परी मृत्यु हुनेमा २६ जना पुरुष, १३ जना महिला र दुईजना बालबालिका रहेका छन्। ।

प्रहरी महानिरीक्षक तान श्री एक्रिल सानी अब्दुल्लाह सानीका अनुसार ४१ जनाको मृत्युमध्ये २५ जनाको सेलांगाेर राज्य भित्रका ठाउँहरुमा , १५ जना पहाङ राज्यमा र १ जना केलान्तानमा रहेका छन् ।

मलेसियाको मौसम विभागले शनिबार पहाङ, तेरेंगानु र केलान्तानका तटीय राज्यहरूमा भारी वर्षा र मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।- एजेन्सीको सहयोगमा