मलेसियामा आएको बर्षाको बाढीमा परि कम्तिमा १७ जनाको मृत्यु, हजारौं विस्थापित।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि १७ जनाको मृत्यु भएको जनाएको छ । सो बाढीमा परी करिबकरिब ७० हजार जना भन्दा धेरैनै विस्थापित भएको बताइएको छ।

मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ ।

बाढीबाट मलेसियाको सेलाङ्गर राज्यसंगै पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यसबाहेक अरु सात वटा प्रान्त बाढीबाट बढी प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ । उद्धारकर्ता तथा सरकारी निकायले विस्थापितलाई राहत तथा पुनर्स्थापनका लागि सहयोग वितरण गरिरहेका छन् । एजेन्सीको सहयोगमा