समाजसेवी राजको पहलमा संकलित रु.४० हजार मृगौला पीडितलाई सहयोग।

[दिनेश खड्का’खप्तडी’] 

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहँदै आएका नेपाली समाजसेवि युवा राज बहादुर साउदँको पहलमा आर्थिक रकम संकलन गरि एकजना मृगौला पीडितलाई युवकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

डडेल्धुरा आलिताल गाउँपालिका ७ का २१ वर्षिय गणेश बुढा क्षेत्रीलाई समाजसेवि राज बहादुर साउदँको पहलमा संकलन भएको रकम मृगौलापीडितको परिवारलाई नेपाली रु.४० हजार सहयोग हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति जोहोरबारुका संरक्षक समेत रहेका राज बहादुर साउदँको विशेष पहलमा उक्त रकम संकलन भएको हो । सामाजिक कार्यमा सक्रिय रहँदै आएका साउदँ एनआरएनए मलेसिया क्षेत्रिय समिति जोहोरबारुका सचिव पनि हुन् ।

मृगौला पिडित गणेश बुढा क्षेत्रीको टिचिङ अस्पताल काठमाडौंमा आफन्त हरुको सहयोगमा उपचार भइरहेको छ । उनको आर्थिक अवस्था कम्जोर भएको कारण थोरै भए पनि सहयोग संकलन गरि पिडितका परिवारलाई हस्तान्तरण गरेको साउदँले बताउनुभयो ।

सहयोग गर्ने हरुको नाम हेर्नुहोस्

१)एनआरएनए जोहोर क्षेत्रीय समिति आर एम 200 /-
२) राज बहादुर साउदँ,आर एम 121/-
३)तिलक बहादुर चन्द,आर एम 100/६
४)) सुरेश टमटा ,आर एम 60/-
५) कृष्ण महरा, आर एम 51/-
६) डम्बर कठायत,आर एम 51/-
७)बहादुर सिंह बोहरा, आरएम 51/-
८)वेदना श्रेष्ठ, आर एम 51/-
९)छविलाल गिरी ,आर एम 51/-
१०) बिंदु दर्लामी मगर ,आर एम 51/-
११) मिम व. गुरुङ ,आर एम 51/-
१२) तिलक ब. श्रेष्ठ आर एम 51/-
१३) हरी ब. बस्नेत, आर एम 50 /-
१४) युवराज ज्योती, आर एम 50 /-
१५) सुमन रायमझी, आर एम 50/-
१६)तिल ब. बी.क, आर एम 50 /-
१७) जितेन्द्र माझी, आर एम50/-
१८) बिष्णु मल्ल ,आर एम 50/-
१९) धन ब. कुवर,आर एम 50/-
२०) हरिकृष्ण ब.थारु आर एम 50/-
२१)राम ब. शाह, आर एम 40/-
२१)रघुबीर ठगुन्ना ,आर एम40/-
२२)रेश्माकला राई आर एम 25/-
२३) खगेश्वर बिष्ट आर एम 20/- गरि जम्मा आरएम, १ हजार ४ सय १४ रिङगेट संकलन भएको थियो ‌।