ईराकमा बाढीले बगाएर दुई नेपालीको मृत्यु।

एजेन्सी := ईराकमा काम गर्न पुगेका दुई नेपाली युवाको बाढीले बगाएर मृत्यु भएको छ । गाडीलाई नै बाढीले बगाएर मृत्यु हुनेमा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राई रहेको त्याहाँ स्थित नेपालीहरुले जनाएका छन् ।

अर्विल क्षेत्रमा यो घटना भएको हो । दुवै जना भर्खरै मात्र ईराक पुगेको बताईएको छ । मृतकहरुको परिवारलाई क्षतिपुर्ति र शव व्यवस्थापन गरी नेपाल फर्काउने विषयमा काम प्रदान गर्ने कम्पनीले आस्वासन नेपालीहरुले बताएका छन् ।