एजेन्सी:= पछिल्लो समय अभिनेत्रीहरुमा ब्रालेस फेशन ट्रेण्ड देखिएको छ । अभिनेत्रीहरु यसरी फोटोसुट गराउन आकर्षित भएका छन् । बलिउड अभिनेत्रीदेखि टेलिभिजन अभिनेत्रीहरुले समेत यो ट्रेण्ड पच्छ्याइरहेका छन् । उफी जावेददेखि प्रियंका चोपडासम्मले ब्रालेस फोटो शेयर गरेका छन् ।

टेलिभिजन अभिनेत्री रिम शेखले हालै सामाजिक संजालमा तस्वीर शेयर गरेकी छिन् जसमा उनी ब्रालेस देखिएकी छिन् । कालो पाइन्ट र सुटमा बोल्ड देखिएकी रिमले केवल ब्लेजर लगाएकी छिन् । उनको यो तस्वीर चर्चाको विषय बनेको छ ।

इशा गुप्ताले पनि आफ्ना बोल्ड फोटोहरुले सामाजिक संजालमा चर्चा बटुल्छिन् । हालै इशा अबु धाबीमा प्रि एफवन च्याम्पियनशिपमा गएकी थिइन् । यसको लागि उनले सुटमा ब्रालेस लुक अपनाइन् ।

टेलिभिजनकी स्टाइल आइकन उफी जावेदले पनि ब्रालेर फेसन ट्रेण्ड पच्याएकी छिन् । उनले त एकभन्दा धेरै पटक ब्रालेस लुकमा फोटो शेयर गरेकी छिन् ।

प्रियंका चोपडाले पनि केही समयअघि ब्रालेस फोटो शेयर गरेकी छिन् । प्रियंकाले सेतो धोती र गुलाबी ज्याकेटमा फोटो शेयर गरेकी छिन् जसमा उनी ब्रालेस छिन् ।

टेलिभिजन अभिनेत्री संजीदा शेखले पनि केही समयअघि इन्स्टाग्राममा भिडियो शेयर गरेकी थिइन् । प्लंजिङ नेकलाइन ड्रेसमा उनी पनि ब्रालेस देखिएकी थिइन् ।




















