छैैटौं सन्तानका पिता बने बेलायती प्रधानमन्त्री जोनसन।

LONDON, UNITED KINGDOM - MAY 06, 2021: British Prime Minister Boris Johnson and his fiancee Carrie Symonds walk to a polling station at Methodist Central Hall in London to cast their votes in the local elections, on 06 May, 2021 in London, England. Millions of voters across England head to the polls today to decide on thousands of council seats, choose 13 mayors, including London, with many of the elections postponed from last year due to the Covid-19 pandemic.

एजेन्सी:= बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्री लाभ भएको छ । जोनसनलाई कान्छी पत्नी क्यारी जोनसनको तर्फबाट पुत्री लाभ भएको हो । ‘प्रधानमन्त्री र श्रीमती जोनसनलाई पुत्री लाभ भएको खवर घोषणा गर्न पाउँदा खुसी लागेको छ,’ जोनसन दम्पत्तीका प्रवक्ताका तर्फबाट सार्वजनिक भएको एक विज्ञप्तिमा भनिएको छ ।

शिशु र आमा दुबैको स्वास्थ्य अवस्था राम्रो भएको जनाइएको छ । ५७ वर्षीय जोनसनका दोस्रो श्रीमती म्यारिया ह्विलरको तर्फबाट चार सन्तान छन् । अहिले क्यारीतर्फबाट दुई सन्तान भएका छन् । जोनसनले यही मे महिनामा क्यारीसँग गोप्य ढंगले विवाह गरेका थिए । विवाहअघि नै उनीहरुले पुत्र जन्माएका थिए । सेप्टेम्बरमा एक अन्तर्वार्तामा उनले दुई श्रीमतीको तर्फबाट गरी ६ सन्तान भएको बताएका थिए ।