नेपालले लगायो दक्षिण अफ्रिका र हङकङ सहित ९ देशबाट आउने यात्रुलाई प्रवेशमा रोक।

काठमाडौं:= नेपाल सरकारले दक्षिण अफ्रिका, हङकङसहित ९ देशबाट आउने ना’गरिकलाई नेपाल प्रवेशमा रो’क लगाउने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरुलाई नेपाल प्रवेशमा रो’क लगाएको हो ।

एक मन्त्रीका अनुसार उनीहरुलाई शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेशको अनुमति नदिने निर्णय भएको छ । हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले भने अनिवार्य क्वा’रेन्टिनमा बस्नु पर्नेछ । ती देशमा को’रो ना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो । संक्रमणको जो’खिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा नदिने निर्णय भएको एक मन्त्रीले बताए ।

उता जापान सरकारले केही सर्तहरू पूरा गर्ने विदेशी ना’गरिकहरूलाई जापान प्रवेश गर्न जारी गरिएको विशेष भिसालाई अस्थायी रूपमा अमान्य बनाउने निर्णय गरेको छ । ओ’मिक्रोन को’रोना भाइ’रस संस्करणको फै’लावटलाई रोक्न प्रयास स्वरुप त्यस्ता भिषा बाहकको प्रवेश रोक्ने नियम लागू गरिएको निक्केईले समाचार प्रकाशित गरेको छ ।नि’लम्बन, जसले जापान प्रवेश गर्न पर्खिरहेका हजारौं मानिसहरूलाई असर गर्न सक्छ ।

यस्तो निलम्बर सुरुमा एक महिनासम्म अर्थात् डिसेम्बरको अन्त्यसम्म लागू हुनेछ ।जापानले यहि सोमबारबाट नयाँविदेशी आगमनलाई रो’केको थियो तर ‘विशेष परिस्थिति’ भएका मानिसहरूलाई भिसा जारी गरेकाले उनीहरुले जापान प्रवेश जारी राख्न सक्थे। यसमा नेपालबाट विशेष गरि डिपेण्डेन्ट भिषा बाहकहरु डिसेम्बर १ तारिख सम्म जापान प्रवेश गरिरहेका थिए । तथापि, बुधवार सरकारले कूटनीतिक वा अन्य विशेष उद्देश्यका लागि यात्रा गर्नेहरूको दायरालाई सीमित गर्दै ‘विशेष परिस्थितिहरू’ को परिभाषालाई क’डा बनाएको छ ।

अघिल्लो मापदण्ड अन्तर्गत जारी गरिएका भिसाहरू अस्थायी रूपमा अमान्य हुनेछन् । एक महिनाको नि’लम्बन अवधिमा देश प्रवेश गर्न चाहने विदेशीहरूलाई पुन आवेदन दिन भनिनेछ । भिषाको लागि आवेदन दिईसकेकाहरुको लागि नयाँ मापदण्ड अनुसार प्रशो धन गरिने बताईएको छ । नेपालको हकमा भि’एफएसमा आवेदन दिएर अ’पोईन मेन्ट लिएकाहरुे र’द्द हुन पुगेको छ भने उनिहरुको अ’पोईनमेन्ट भि’एफएसले नै सुचारु भएपछि तोकेर नयाँ मिति जानकारी गराउने वा सूचना प्रकाशित गर्नेछ । यो सँगै नेपालमा रहेको भि’एफएस अर्को सूचना जारी नभएसम्मका लागि अ’घोषित रुपमा बन्द गरिएको छ ।

नयाँ आवेदन लिने लगायतका काम भिएफएसले डिसेम्बर महिना भर गर्नेछैन ।नयाँ मापदण्ड अनुसार जापानी परिवारका सदस्य, कूटनीतिज्ञ र मानवीय वा सार्वजनिक हितका लागि जापान प्रवेश गर्नेहरूलाई मात्र भिसा दिइने छ । सरकारले यसअघिको मापदण्डमा समावेश गरिएका संगीत, खेलकुद र कला कार्यक्रममा संलग्न व्यक्तिहरूलाई प्रवेश अनुमतिलाई सीमित गर्ने योजना बनाएको छ ।