आज मिति २०७८ साल मंसिर १६ गते बिहीबार तदनुसार २ डिसेम्बर २०२१ । मंसिर कृष्ण त्रयोदशी तिथि, स्वाती नक्षत्र, चन्द्रमा तुला राशिमा, पास्नी र रुद्री गर्न शुभ । सूर्योदयः ६ः३९, सूर्यास्तः १७ः०६ ।
मेष : पति पत्नीको सहकार्यमा नयाँ कामको थालनी हुनेछ ।
वृष : काममा व्यवधान ल्याउने व्यक्ति बढ्नेछन् ।
मिथुन : ठूला विद्वान् व्यक्तिको सामीप्यता प्राप्त हुनेछ ।
कर्कट : प्रेममा केही झमेला निम्तनेछ ।
सिंह : राजनीतिक गतिविधिले परिवारमा झमेला आउनेछ ।
कन्या : वैदेशिक रोजगारीका लागि गरिएको प्रयास सफल हुनेछ ।
तुला : बोलीचालीमा मधुरता आउनेछ ।
वृश्चिक : मनमा नकारात्मक भावनाको उदय हुनेछ ।
धनु : आर्थिक क्षतिले विचलित भइएला ।
मकर : शारीरिक समस्याबाट छुटकारा मिल्नेछ ।
कुम्भ : अध्ययन अध्यापनमा लामो समय व्यतित हुनेछ ।
मीन : मुद्दा मामिलामा केही विवादित बनिनेछ ।




















