को हुन् सामाजिक सञ्जाल टिकटक लगायतमा रातारात भाइरल भएका जोडी?

एजेन्सी := सामाजिक सञ्जालमा अहिले एउटा गीतमा लिपसिङ गरेर एउटा जोडी भा’इरल भइरहेको छ। अझ विशेष गरी टि’कटकमा बढी चर्चा भएको छ। यो जोडी हो तान्जानियाका किली पल र उनकी बहिनीको । बलिउडका म्युजिक डाइरेक्टर तनिष्क बागचीले ‘शेरशाह’ चलचित्रका लागि ‘राता लम्बिया’भन्ने गीत बनाएका थिए ।

जब किली र उनकी बहिनीले यो गीतमा लिपसिङ गरे तब यो गीत भाइरल भयो । सँगै दाजु र बहिनीको जो’डीले पनि अहिले चर्चा पाएको छ। यतिमात्र होइन तनिष्कले किलीलाई म्यासेज गरेर सोधे– यो तपाईं दुई जनाको भिडियो हो? तब किलीले रिप्लाई गरे– हो तर कसैले क्रेडिट दिँदैन । त्यसपछि तनिष्कले किलीलाई भने– लेट्स डु समथिङ टुगेदर

किली आफ्नो सामाजिक सञ्जाल अकाउन्ट र टि’कटकमा २८५ वटा भिडियो पोस्ट गरिसकेका छन् । यी दुई दाजुबहिनीको भिडियो भा’इरल भएपछि फ्यान फलोइङ पनि बढेको छ । अहिले एक लाख भन्दा बढी फलोअर छन् । सोसल मिडियामा भाइरल भएका तान्जानियाका दाजु बहिनीले बलिउडमा अफर पाएका छन् । सङ्गीत निर्देशक तनिष्क बागचीले ‘किली पल’ लाई मेसेज गरेर सँगै काम गर्ने अफर दिएका छन् ।