आज मिति २०७८ साल मंसिर १५ गते बुधबार, तदनुसार १ डिसेम्बर २०२१ । मंसिर कृष्ण द्वादशी तिथि, चित्रा नक्षत्र, चन्द्रमा तुला राशिमा, होम, रुद्री र पसल शुभारम्भ गर्न शुभ । सूर्योदयः ६ः३८, सूर्यास्तः १७ः०६ ।
मेष : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
वृष : ठूला व्यक्तिबाट अपहेलित बन्नुपर्नेछ ।
मिथुन : नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक हुँदैन ।
कर्कट : भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।
सिंह : काम देखाएर अरूको मन लोभ्याउन सफल भइनेछ ।
कन्या : प्रतिष्ठित काम गर्ने मौकासमेत मिल्नेछ ।
तुला : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।
वृश्चिक : स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
धनु : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मकर : आफैँले गरेको काममा ढिलासुस्ती हुनेछ
कुम्भ : धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।
मीन : बेकारको विवादमा सहभागी हुनुपर्नेछ ।



















