तेक्वान्दो खेलका सञ्जीव सम्मानित।

काठमाडौं:= नेपाल तेक्वान्दो संघ प्रदेश-२ ले तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सञ्जीव नेपालीलाई शुक्रबार सम्मान गरेको छ ।  प्रदेश-२ ले आयोजना गरेको तेस्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धिको कदर गर्दै सञ्जीवलाई सम्मान गरिएको हो ।

आयोजकका अध्यक्ष पेमा सिद्धि लामा र महासचिव रामकुमार लामाले सञ्जीवलाई प्रशंसापत्र प्रदान गरी सम्मान गर्नुभयो । सोही अवसरमा तेक्वान्दोकी ओलम्पियन प्रमिला थापा पनि सम्मानित हुनुभयो ।