विश्वकप फुटबलको युरोपेली छनोट: पोर्चुगल र इटाली भिड्ने।

लण्डन:= फिफा विश्वकप फुटबल – २०२२ को युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा भिड्ने भएका छन् ।

शुक्रबार भएको समूह ड्रमा पोर्चुगल र इटाली समूह ‘सी’ मा परेका हुन् । ड्र अनुसार प्लेअफको समूह ‘ए’ मा स्कटल्याण्डले युक्रेन र वेल्सले अष्ट्रियाको सामना गर्नेछ । यस्तै समूह ‘बी’ मा रुसले पोल्याण्ड र स्विडेनले चेक गणतन्त्रसँग खेल्नेछ ।

लेअफको पहिलो खेल मार्च २४ र २५ तथा फाइनल मार्च २८ र २९ मा हुनेछ । प्लेअफको ड्रमा टोलीहरूलाई दुई पटमा विभाजन गरिएको थियो । शीर्ष ६ टोलीले पहिलो चरणमा दोस्रो पटको टोलीसँग खेल्दैछन । यसपटक प्लेअफमा दुई लेगको खेल नभएर दुई चरणमा एक/एक खेल हुनेछन् ।