आज मिति २०७८ साल मंसिर १० गते शुक्रबार, मार्र्ग कृष्णपक्ष, सप्तमी तिथि, सूर्याेदय : ६ः३४, सूर्यास्त : १७ः०७, तारिखः २६ नोभेम्बर, नयाँ पसल खोल्न, रुद्री गर्न र होम गर्र्नका लागि शुभ साइत ।
मेष : पारिवारिक कलहले मनमा अशान्ति हुनेछ ।
वृष : कठिन परिश्रमबाट मात्र कार्यमा सफलता मिल्नेछ ।
मिथुन : पारिवारिक झमेलाहरू सुल्झिनेछन् ।
कर्कट : अध्ययन अध्यापनका क्षेत्रमा सफलता मिल्नेछ ।
सिंह : धर्म, कर्म र परोपकारमा मन आकर्षित हुनेछ ।
कन्या : व्यापार-व्यवसायमा मन्दीको अवस्था देखिनेछ ।
तुला : आशा मारेको ठाउँबाट धनागमन हुने योग छ ।
वृश्चिक : मित्रहरूले अपेक्षित रूपमा सहयोग गर्दा मन फुरुंग हुनेछ ।
धनु : शरीरमा अस्वस्थताको स्थिति देखिनेछ ।
मकर : उपलब्धिमूलक यात्राको सम्भावना रहेको छ ।
कुम्भ : प्रतिस्पर्धामा विरोधीलाई परास्त गर्न सकिने छ ।
मीन : आत्मविश्वास र धैर्यतामा कमी भएको महसुस हुनेछ ।




















