ट्रेलरमा शाहिद कपुर अभिनित फिल्म “जर्सी”।

मुम्बई:= आगामी डिसेम्बर ३१ बाट प्रदर्शनमा आउने शाहिद कपुर अभिनित ‘जर्सी’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । दक्षिण भारतीय चलचित्र ‘जर्सी’को हिन्दी रिमेकमा एकजना पूर्वक्रिकेट खेलाडीको कथालाई समेटिएको छ । चलचित्रमा क्रिकेट छोडेका बाबुले आफ्ना ६ वर्षे छोरालाई जर्सी खरिद गर्न पुनः मैदानमा उत्रिएको कथालाई समेटेको छ ।

सन् २०१९ मा प्रदर्शनमा आएको तेलगु भाषाका निर्देशक गौतम तिन्ननुरी निर्देशित ‘जर्सी’ कै कथा शाहिद कपुरको जर्सीमा देखाइएको छ । चलचित्रलाई तेलगु भाषाकै निर्देशक तिन्ननुरीले निर्देशन गर्नुभएको हो । करिब दुई वर्षपछि पर्दामा आउन लाग्नु भएका शाहिदसँगै चलचित्रको मुख्य भूमिकामा म्रुनल ठाकुर, पंकज कपुरलगायतको अभिनय छ ।