आज मिति २०७८ साल मंसिर ९ गते बिहीबार, मार्र्ग कृष्णपक्ष, षष्ठी तिथि, सूर्याेदय : ६ः३४, सूर्यास्त : १७ः०७, तारिखः २५ नोभेम्बर, महिला हिंसा अन्त्य दिवस । नयाँ पसल खोल्न, रुद्री गर्न र होम गर्र्नका लागि शुभ साइत ।
मेष : धनमाल हराउने सम्भावना रहेकाले तालाचाबीमा सतर्क रहनुहोला ।
वृष : काम गर्ने उत्साह बढे पनि अपेक्षित नतिजा हात पार्न कठिन हुनेछ ।
मिथुन : अध्ययन-अध्यापनका क्षेत्रमा विशेष सफलता मिल्नेछ ।
कर्कट : पारिवारिक झमेलाहरू सुल्झिनेछन् ।
सिंह : धर्म, कर्म र परोपकारमा मन आकर्षित हुनेछ ।
कन्या : व्यापारमा उत्साहजनक प्रगति देखिनेछ ।
तुला : खराब संगत त्यागेर अघि बढ्नु राम्रो हुन्छ ।
वृश्चिक : कार्यकुशलताले आफूभन्दा ठूलो व्यक्तिको मन जितिनेछ ।
धनु : तर्कशक्ति र आत्मबल बढ्नेछ ।
मकर : शरीरमा अस्वस्थताको स्थिति देखिनेछ ।
कुम्भ : व्यापार तथा व्यावसायिक क्षेत्रमा गिरावट हुनेछ ।
मीन : प्रतिस्पर्धामा प्रतिद्वन्द्वीसामु अब्बल हुन सकिनेछ ।




















